देशका विभिन्न भागमा गएको बाढीपहिरो पीडितको उद्धारमा जुट्न प्रचण्डको अपील

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १३ : ३६
देशका विभिन्न भागमा गएको बाढीपहिरो पीडितको उद्धारमा जुट्न प्रचण्डको अपील

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा गएको बाढीपहिरोमा परेकाहरूको उध्दारमा जुट्न अपील गरेका छन ।

आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रचण्डले बाढीपहिरो र डुबानमा परी भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै राहत र उद्धार कार्यमा जुट्न अपील गरेका हुन।

आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परी प्रदेश नं १, सुदूरपश्चिमलगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढीको ज्यान गएको छ । त्यस्तै,झण्डै तीन दर्जनभन्दा बढी बेपत्ता भएका छन् । बेमौसमी बर्षाले थन्काउने बेलाको धानवाली नष्ट हुँदा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस