एजेन्सी । दक्षिण कोरियाले अवैधरुपमा कार्यरत विदेशी कामदारलाई कोरिया छाड्नका लागि एक मौका प्रदान गरेको छ । त्यहाँको कानुन मत्रालय अन्तरगत रहेको इमिग्रेसन सेन्टरले पूर्ण रुपमा खोप लगाइएका अवैध कामदारलाई स्वेच्छाले कोरिया छाड्न चाहेमा जरिवाना छुट दिनुका साथै भविष्यमा प्रवेशमा प्रतिबन्ध नलगाउने घोषणा गरेको छ ।
दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार यो नियम अक्टोबर १२ भित्र पूर्ण खोप लगाएका वा ३१ डिसेम्बरसम्म खोप लगाउनेको हकमा समेत लागू हुनेछ । यो नियम अपराधको आरोपमा प्रहरीमा बुझाइएका र कोभिड–१९ सम्बन्धी नियम उलंघन गरेको विदेशी नागरिकको हकमा पनि लागू हुनेछ ।
एक डोज जोन्सन वा डबल डोज फाइजर मोडेना वा एस्टाजेनिका खोप पूरा गर्ने विदेशी नागरिकहरु तथा पूर्ण खोप लगाएका तर १४ दिन पुरा नभएकाहरुको हकमा पनि स्वेच्छिक रुपमा कोरिया छाड्दा पनि उल्लेखित नियमका लागि योग्न हुने दूतावासले जनाएको छ । यो योजना अक्टोबर १२ देखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ कार्तिक २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी
दक्षिण कोरिया पुगे १ लाख २० हजार युवा
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई सोधपुछका लागि नयाँ पक्राउ पूर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी