माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, ०८ : १२
माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ६ जनाको मृत्यु

हुम्ला । लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा एकै परिवारका ६ जना मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार राति ९ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो।

हुम्लाका प्रहरीका अनुसार सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाबारे बुधबार बिहानमात्रै जानकारी आएको हो। अहिले सेना तथा प्रहरीसहितको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ गएको उनले जानकारी दिए। सदरमुकाम सिमकोटबाट खर्पेल गाउँ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ।