ग्राहकका कतिपय बैंक खाता बन्द गरिँदै

पत्रपत्रिकाबाट

बुधबार, ०३ कार्तिक २०७८, ०७ : ४८
ग्राहकका कतिपय बैंक खाता बन्द गरिँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १० वर्षदेखिका पुराना शून्य मौज्दात रही कारोबार नभएका (निष्क्रिय) खाताहरु बन्द गर्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले यस्ता खाताहरु भएमा सूचना प्रकाशन गरी बन्द गर्ने बाटो खुला गरिदिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । शून्य मौज्दात, त्यसमा पनि खातावालाको अत्तोपत्तो नभएकाहरुको खाता बन्द गर्दा बैंकिङ प्रणालीको ठाउँ नओगट्ने भएकाले केन्द्रीय बैंकको यो व्यवस्थाले सहज हुने डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युम्न पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस