आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, ०७ : ४५
आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा कायमै रहेको छ । जसका कारण केही दिनदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्या समेत देखिएको छ ।

बाढीपहिरोबाट जनधनको क्षति समेत भएको समाचार आइरहेका छन् ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ।

 प्रदेश १,  बागमती र  गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम बर्षा  भएको छ ।  महाशाखाले बुधबार दिउँसो  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना औंल्याएको छ । 

यस्तै प्रदेश १, प्रदेश नं २, बागमती  प्रदेश,  र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस