उत्तर कोरिया । उत्तर कोरियाले ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको छ । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
गएको जनवरीमा उत्तर कोरियाले सार्वजनिक गरेको सो मिसाइल अहिले परीक्षण गरेको हो । उसले आफ्नो सो मिसाइल विश्वकै शक्तिशाली हतियार भनेका थियो ।
दक्षिण कोरियाले केही हप्ता पहिले सोही प्रकृतिको हतियार सार्वजनिक गरेको थियो ।
उत्तर कोरियाले पछिल्लो केही हप्तामा निरन्तर मिसाइल परीक्षण गरिरहेको छ । यसरी परीक्षण गरिएका हतियारमा हाइपरसोनिक र लामो दूरीमा मारहान्न सक्ने मिसाइल पनि थिए ।
केही परीक्षणहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेका छन् । संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ कार्तिक २०७८, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया