ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, ०९ : ५४
ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

काठमाडौं । काठमाडौंमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ग्यास सिलिण्डर बोकेको ट्रक चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक दुर्घटना भएको हो ।

ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । 

ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।

आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिकले जनाएको छ । ‘सुरुमा पैदल हिंडेर पनि वारिपारी गर्न सकिने अवस्था थिएन । अहिले भने सडक खुलेपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस