जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र अनिल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।
गत बुधबार बिहान स्थानीयवासी शम्भु महतोकी पत्नी सुकमरिया देवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दरको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि चारै जनाले उक्त महिलाले नै जादु र टुनामुना लगाएको भन्दै समातेर मलमुत्र खुवाउनाका साथै अपमानजनक व्यवहार गरेका थिए ।
उनीहरुले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिएको र अन्त्यमा मानव मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । बडादसैँ चलिरहेकै बेला गत बुधबाउनीहरुलाई पक्राउ गर्नाका साथै घटनास्थलबाट सुकमरियालाई बाँध्न प्रयोग गरेको
नाइलनको डोरी, काटेका कपालका टुक्रा र मलमूत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास तथा बियरको बोतलसमेत बरामद गरिएको थियो । प्रहरीले चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ कार्तिक २०७८, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्ते गरी नक्कली कागजात बनाउने गिरोह पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ