बैतडी । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ । आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर वर्षाका कारण बिग्रिएको हो ।
वर्षका कारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका–४ जोगेनीका हरिना महराले बताइन् । १५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउदैँ बिग्रिएको उनले बताइन् । खर कुहिन थालेपछि पशुचौपायालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।
सुर्नया गाउँपालिकाको धौलपौरी, जयसिया, मल्ली ओरड, धरमपानी, सउड, घेर, फुलधारा, दुले, रौलालगायतका ठाउँमा काटेर सुकाएको खर बिग्रिएको स्थानिय गणेश भट्टले बताए । काटेर सुकाएको खरमा पानि परेपछि कुहिन्छ ।
अहिले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो छ । आगामी हिउँदमा पशु चौपायालाई खुवाउन किसानहरु अहिले खर काटेर सुकाउने गर्दछन् । खरको थुप्रो बनाउन नपाउदैँ फिजाएर राखेको खरमा पानी परेपछि कालो भएर सड्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ कार्तिक २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुदान उपलब्ध गराउन उखु किसानको माग
हल गोरु पाल्ने किसानलाई पालिकाले १० हजार दिने
प्याजले उचित मूल्य नपाउँदा चितवनका किसान चिन्तित
'इकोहिमाल' को प्रेरणाले बनायो बिकास शाही लाई सफल किसान
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
सर्लाहीका किसानलाई मौरीका ५३२ घार वितरण