फर्किएनन् अल्मुताइरी, कुबेत प्रस्थान

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, ११ : ४९
फर्किएनन् अल्मुताइरी, कुबेत प्रस्थान

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । तर, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल नफर्की कुवेत प्रस्थान गरेका छन् ।

अल्मुताइरी माल्दिभ्सबाटै घर फर्किएका हुन् । उनी पारिवारिक कारण स्वदेश फर्किएको बताइएको छ । उनले साफको फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए । अल्मुताइरीले नेपाल नफर्किने संकेत गरेका छन् । 

आज स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । यस्तै, फुटबल समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस