बिहे गर्दै ऋचा र फजल

एजेन्सी

आइतबार, ३१ असोज २०७८, १३ : ५४
बिहे गर्दै ऋचा र फजल

काठमाडौं । बलिउडका दर्शकमा रणवीर कपुर र आलिया भट्टको बिहे कहिले हुन्छ भनेर जति कौतूहलता छ, त्यति नै चासो ऋचा चड्डा र अलि फजलको बिहेको बारेमा पनि छ । शुभचिन्तकहरू रणवीर र आलिया अनि ऋचा र अलिको बिहे भएको हेर्न आतुर छन् ।

CG Developers Tansen Cement box

भारतीय मिडियाका अनुसार अलि र ऋचाको बिहे गत वर्षको अप्रिल महिनामै हुने तयारी थियो । तर, कोरोनाका कारण लकडाउन भएपछि उनीहरूले बिहेको योजना स्थगित गर्नुपर्यो । त्यसपछि अलिकी आमाको निधन भयो । 

हालै इन्डिया टुडेसँगको एउटा अन्तर्वार्तामा अलिले आफूहरू २०२२ जनवरी पहिलो सातामै बिहे गर्ने योजनामा पुगेको बताएका छन् । उनले भनेका छन्, ‘ऋचा र म जनवरीको सुरुमै बिहे गर्ने मनस्थितिमा छौ । तर, मिति भने तय गरिसकेका छैनौ । हामी धूमधामका साथ बिहे गर्नेछौ ।’

ऋचा र अलिको पहिलो भेट २०१३ मा ‘फुकरे’ फिल्मको सेटमा भएको थियो । त्यसबेलादेखि नै आफूहरूबीच प्रेम सुरु भएको, तर मिडियासँग लुकाउँदै आएको अलिले बताएका छन् । उनीहरूले सन् २०१७ मा आफूहरू प्रेममा रहेको स्वीकारेका थिए । 

ऋचा यो वर्ष ‘म्याडम चिफ मिनिस्टर’ फिल्ममा देखिएकी थिइन् । अब उनी अलिका साथ ‘फुकरे-३’ मा सँगै देखिनेछिन् । अलि विशाल भारद्वाजको ‘खुफिया’ फिल्ममा देखिने छन् भने ऋचाको ‘अभी तो पार्टी सुरु हुइ है’ पनि यही वर्ष रिलिज हुने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस