काठमाडौँ । लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ ।
चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ । कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन् ।
“मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ,” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले भन्नुभयो, “चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी भएको पाइएको छ । यी सबै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ ।”
उहाँका अनुसार ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेका छन् । नगरपालिका क्षेत्रमा १५ देखि २५ वर्षका युवाहरु लागूऔषधको कुलतमा फसेका छन् । जसको सङ्ख्या ७०० बढी रहेको अनुमान गरिएको छ ।
बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु रहेका छन् । रातिका बेला चौराह, दोबाटो, पुल लगायतका क्षेत्रमा सामूहिक रुपमा बसेर लागूऔषधको सेवन गर्ने र त्यसपछि आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ ।
लागूऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको छ । “लागूऔषध प्रयोकर्ताहरु र कारोबारीहरुमाथि निगरानी राख्ने कार्य हँुदै आएको छ,” प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “प्रहरी एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो छ । यसका लागि नगरपालिकाले समेत सचेतना अभियानलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० असोज २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ