जापानका प्रधानमन्त्री किशिदाद्वारा जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको उद्घोष

एजेन्सी

मंगलबार, २६ असोज २०७८, २२ : १३
जापानका प्रधानमन्त्री किशिदाद्वारा जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको उद्घोष

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरु सहित विस्तार भएको बताएका छन् ।

"हाम्रो देशको सार्वभौमसत्ता उत्तरी क्षेत्रहरु (दक्षिणी कुरिल टापुहरु) सम्म फैलिएको छ। यी क्षेत्रहरूको विवाद यथाशीघ्र अन्त्य गर्न आवाश्यक छ, यो विवाद आउने पुस्तासम्म रहन दिनुहुँदैन ।  

जापान सरकार दृढतापूर्वक आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न तयार छ । क्षेत्रीय सम्बन्धनको समस्याको समाधान गर्न रूससँग एक शान्ति सन्धि गर्नका लागि तत्पर छ"  किशिदाले भने। 

प्रतिक्रिया दिनुहोस