झापा । झापाको बिर्तामोडमा गए राति मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार घाँटी र हातमा धारिलो हतियार प्रहार गरी ती मासु व्यवसायीको हत्या गरिएको हो।
बिर्तामोड( ५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। पसलमै बसेको बेला राति करिब ८ बजे उनको हत्या भएको स्थानीयबासीले बताएका छन्।
पसलभित्र हत्या गरिएको मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण