काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आज साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जिपमा सवार १९ मध्ये दुईजनाको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उकालो कच्ची सडकमा जिप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार गल्याङ नगरपालिका–१० का ४ वर्षीया करिष्मा थापा, २६ महिनाकी अर्चल विक, २५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली र २४ वर्षीया तिर्सना घाईते भएका छन् ।
त्यस्तैगरी गल्याङ–१० कै ५५ वर्षीय रामबहादुर पल्ली, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रीता गाहा, दुई वर्षीय एञ्जल गाहा, २२ वर्षीया पुष्पा पल्ली, ५५ वर्षीया भीमकुमारी पल्ली, तीन वर्षीया यमना पल्ली, ५५ वर्षीया लीलाकुमारी पल्ली, वालिङ नगरपालिका–१० बझाकोटकी २४ वर्षीया सपना थापा र दुई वर्षीय नवीन थापा घाइते भएका छन् ।
मध्यम घाइते भएका ६ जनालई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइते भएकाहरूको अहिले गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । चालकको अवस्था सामान्य रहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । दसैँको बेला वालिङ बजारबाट गाउँतर्फ फर्केका धेरै एउटै वडाका बासिन्दा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २४ असोज २०७८, २१ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन
कास्कीमा बस दुर्घटना हुँदा ७ जना घाइते
अर्घाखाँचीमा ट्याक्सी दुर्घटना, ६ जना घाइते
दुर्घटनापछि राेकिएकाे कमेडी च्याम्पियनको सुटिङ आजदेखि सुरू हुँँदै
फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्रद्वारा सकुशल उद्धार