रुसमा विमान दुर्घटना : सोह्र जनाको मृत्यु

रासस

आइतबार, २४ असोज २०७८, १४ : १४
रुसमा विमान दुर्घटना : सोह्र जनाको मृत्यु

फाइल फोटो

रुस । रुसको टाटरस्तानमा आइतबार एल–४१०  विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ  । 

यस दुर्घटनामा परी  १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ  । 

 दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । (सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस