माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र जीवन राईको नेकपा एकीकृतबीच एकीकरण (पत्रसहित)

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १५ : ५९
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र जीवन राईको नेकपा एकीकृतबीच एकीकरण (पत्रसहित)

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत एकीकरण भएको घोषणा भएको छ ।

नेपाल र राईले संयुक्त वक्तव्य जारी गर्दै दुबै पार्टी एकीकरण भएको जानकारी दिएका हुन् । असोज ६ गते नै दुई पार्टीबीच सहमति भएपनि सम्झौतापत्र आजमात्रै सार्वजनिक गरिएको हो । 

८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ । राईले तत्कालीन नेकपामा  विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए ।

राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे । कतिपयले नेपालकै सल्लाहमा राईले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको टिप्पणी गर्दै  आएका थिए । 

प्रतिक्रिया दिनुहोस