काठमाडौं । महाधिवेशनको संघारमा रहेको प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन भइरहेको छ ।
पालिकासम्मको अधिवेशनमा शीर्ष नेताहरु आफ्नो पक्षमा केन्द्रीय नेतृत्व हत्याउन लागिपरेका छन् । वडा अधिवेशन हुँदै पालिका अधिवेशनसम्म आइपुग्दा नेतृत्वमा सभापति शेरबहादुर देउवा पक्ष अग्र स्थानमा रहेको छ ।
१४औं अधिवेशनमा सभापति देउवा पुनः नेतृत्व लिने रणनीतिमा छन् । नतिजा प्राप्त ४ सय ८२ पालिकाको नेतृत्वमा देउवा पक्ष अग्र स्थानमा रहेको देखिएको हो ।
देउवाले गठन गरेको महाधिवेशन केन्द्रित सचिवालयले जानकारी दिएअनुसार पालिका अधिवेशनमा हालसम्म प्राप्त नतिजाअनुसार ४ सय ८२ मध्ये २ सय ७ पालिकामा देउवा पक्षको नेतृत्व आएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २२ असोज २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार