काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै तीन महिनापछि बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने चर्चा पनि यसअघिको चर्चाझैं असत्य सावित भएको छ ।
आन्तरिक गृहकार्य नपुगेको भन्दै सत्ता गठबन्धनले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आन्तरिक तयारी नपुगेकाले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलले मन्त्री छान्न नसक्दा मन्त्रिपरषद्ले पूर्णता पाउन नसकेको हो । आज भने सबै काम सकेर विस्तार गरिने तयारी भएको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २२ असोज २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय