काठमाडौं । नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रिपरिषद विस्तार हुने र मन्त्रीहरूको शपथ हुने बताएका छन् । आज बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन् ।
टीभी पञ्चली एट के को उद्घाटन समारोहमा प्रचण्डले भने, ‘‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला ।’ यस क्रममा प्रचण्डले आफू जहिले उत्पीडित वर्गलाई अगाडि ल्याउन प्रयासरत रहेको बताउँदै आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, जनजाित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए।
प्रचण्डले आजै मन्त्रिपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले मन्त्रिपरिषद विस्तार एव सपथ ग्रहण हुने भनेर भनिरहदा पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीले हालसम्म आफ्ना पार्टीबाट मन्त्रीको नाम टुंगो लगाइसकेका छैन्। यस्तै जनता समाजवादी पार्टी पनि बिहानैदेखि मन्त्री छान्न छलफलमा जुटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असोज २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड