काठमाडौं । मन्त्रिपरिषदको भागबण्डा नमिल्दा कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । रामचन्द्र पौडेल पक्षले तीन मन्त्रालय मागेपछि सरकारी निवास बालुवाटारमा बसेको बैठक भाँडिएको छ । कांग्रेसका बाँकी मन्त्री छान्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस भइरहेको छ । कृष्ण सिटौला पक्षलाई पनि चित्त बुझाउन पर्दा देउवा सकसमा परिरहेका छन् ।
बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटामात्रै मन्त्रालय दिनसक्ने बताएका थिए । भेटमा सहभागि पौडेल , महामन्त्री डा शशाकं कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले कम्तीमा ३ मन्त्रालय निश्चित नभए नाम नदिने अडान राखेपछि बालुवाटारमा बसेको बैठक भाँडिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असोज २०७८, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति
काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अब अनलाइन प्रणालीमार्फत गर्न सकिने