काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना भाइरसविरूद्ध सिनोभ्याक खोपको दश लाख डोज अनुदानमा दिने भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गर्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले थप दश लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिए।
यसैगरी चीनले कोभिडविरुद्धको तेस्रो लहर रोक्न आवश्यक पूर्वाधार बनाउन नेपाललाई ५० लाख चिनियाँ युआन ९ करोड २४ लाख रुपैयाँ सहयोग पनि गर्ने निर्णय गरेको छ ।नेपाली सेनाका लागि चीनले तीन लाख डोज खोप पनि अनुदानमा उपलब्ध गराउन लागेको राज्यमन्त्री श्रेष्ठको आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरे ।
चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै राज्यमन्त्री श्रेष्ठले यही अक्टोबरको २०, २२ र २३ तारिखमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुग्ने जानकारी पनि दिए ।चीनले नेपाललाई भेरोसेल खोप अनुदानमा दिनुका साथै नेपाल सरकारले पनि चीनसँग सोही खोप खरिद पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असोज २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट