काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक २२ असोजमा बस्ने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/०७७ पेस गरेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक २२ असोज शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असोज २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड
संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
संसदमा अभिव्यक्तिमाथि विवाद, रेकर्ड हटाउन माग
संसद पुनर्स्थापनाको माग लिएर तीन दल पूरक रिट दर्ताको तयारीमा
यस्तो छ संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (पुर्णपाठ)
आज सङ्घीय संसद्को दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची