कुश्मा । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षिय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै थिए भने मृतककी श्रीमती माईतीघर गएकी थिइन्। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा,लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले बताए। मृतकको मोवाईलसमेत टुक्राटुक्रा परेको छ भने भान्सामासमेत ढुंगाहरु देखिएका छन्।
विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ असोज २०७८, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या