काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर भए देश दुर्घटनामा पर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले संसद विघटन गरेर संविधान खारेज गर्ने ठूलो डिजाइन परास्त गरिएको भन्दै अहिले फेरि माओवादी कमजोर पार्ने षडयन्त्र भइरहेको बताए ।
गरिब र मजदुरका निम्ति लडिरहेको प्रवृत्तिलाई अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी प्रवृत्तिले सिध्याउन खोजिरहेको उनको भनाइ थियो । हामी एक नम्बर हुनुपर्छ । हुन्छौं । विरासत र एजेण्डाले हामी हुनुपर्छ ।व्यक्तिगत स्वार्थका निम्ति होइन राष्ट्रका निम्ति हो भन्ने हामील देखाएका छौं, उनले भने, अहिले लडाइँ ठूलो हुनेवाला छ । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले माओवादीलाई परास्त नगरि हुँदैन भन्ने छ । एमालेको कुम्भ मेला माओवादी र माओवादी नेतृत्व सिध्याउन हो ।
दाहालले माओवादी मार्क्सवाद र विज्ञानको पक्षमा उभिनुपर्ने बताए । यो पक्षमा उभिएर देश बचाउने, यसमा नउभिए देश दुर्घटनामा पार्ने हो । यो कालखण्डमा माओवादी जागरुक र एकताबद्ध भएर अघि बढ्दा देश बच्ने हो । नत्र देश दुर्घटनामा पर्छ । संविधान र संघीयता खारेज हुन्छ । देश सामन्तवाद र अराजकतातिर जान्छ, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड