धमाधम इन्टरनेट कम्पनीको तार काट्न थालियो

पत्रपत्रिकाबाट

आइतबार, १७ असोज २०७८, ०७ : ३३
धमाधम इन्टरनेट कम्पनीको तार काट्न थालियो

काठमाडौं । चितवनमा बिजुलीको पोल प्रयोग गर्ने तर भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ।

पटक–पटक ताकेता गर्दा पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले भाडाको सम्झौता नगर्ने शुल्क तिर्न वास्ता नगर्ने भएपछि शनिबारबाट साङ्केतिक रूपमा तार काटेर दबाब दिइएको छ। 

यसअघि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायकलाई ताकेता गरेर ४८ लाख २० हजार रुपियाँभन्दा धेरै    राजस्व सङ्कलन गरिसकेको छ।

भाडा नतिरी लामो समयसम्म अटेर गरेका इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काट्न बाध्य भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस