काठमाडौं । गत सोमबार राजनीतिक दलसम्बन्धी विधेयक खारेज भएपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलको थियो ।
तर, झन्डै एक साता भइसक्दा पनि अझै मन्त्रिपरषद् विस्तार हुने लक्षण देखिएको छैन । यसअघि मन्त्रिपरिषद् विस्तारमा राजनीतिक दलसम्बन्धी विधेयक र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीविद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनलाई प्रमुख अड्चनका रुपमा देखाइएको थियो ।
यतिखेर दुवै अड्चन हटिसकेको छ, राजनीतिक दलसम्बन्धी विधेयक खारेज भइसकेको छ भने एकीकृत समाजवादीविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि हाललाई एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुने बाटो खुलेको छ । तैपनि सरकार विस्तार हुन सकेको छैन ।
पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाइसकेको दाबी गर्ने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्रालयको भागवण्डा मिलेसँगै मन्त्रीहको नाम बुझाउन तयारी अवस्थामा रहेको बताए । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १७ असोज २०७८, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय