काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जनयुद्ध थाल्ने भए आफू हामफाल्न तयार रहेको बताएका छन्।
सपनाको पाण्डुलिपि गीति संग्रह विमोचनका क्रममा शुक्रबार काठमाडौंमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
उनले विश्वका कयौँ देशमा कम्युनिष्ट आन्दोलन र युद्धहरू पराजित भइरहँदा नेपालमा आफ्नो नेतृत्वमा यति ठूलो उपलब्धी गर्न सफल भएको बताए।
विश्वमा आन्दोलनहरु करिब करिब कतिपय ठाउँमा पराजित भएका थिए। नेपालमा अहिलेका उपलब्धी हाम्रै बलमा भएका हुन्ु, उनले भने, ‘तर जनयुद्धका नाममा हामी सधैँ लडिरहने हो भने हाम्रो पनि हालत खस्ता नै हुन्छ भन्ने देखेपछि हामी शान्ति प्रक्रियामा आएका हौँ। नायक भन्ने मान्छेले नै परिस्थिति अनुकुल छैन है भन्ने निचोड निकालेकै हो।’ अध्यक्ष दाहालले देशमा फेरि एउटा जनयुद्ध चाहिएको बताए।
‘फेरि एउटा जनयुद्ध सुरु गर्ने हो भने म त हामफाल्न तयार छु। तर अहिले नै हतियार बोक्ने र भूमिगत हुने भनेको छैन’ उनले भने, ‘प्रतिक्रियावादीले यसैगरी घेरा हाल्ने हो भने दलाल पुँजीपतिका निर्वाचन प्रणाली र शासकीय स्वरुप उल्ट्याउन सकिन्छ। हाम्रो आह्वानमा पुस ५ को कदमविरुद्ध जस्तै मानिसलाई सडकमा उतारे व्यवस्था परिवर्तन गर्न सकिन्छ।’
उनले माओवादी आन्दोलन चुकेको विषयमा समीक्षा हुनुपर्ने पनि बताए। ‘मैले आजकाल भनेको सुन्नु भएको छ नि तपाईंहरुले, आत्मसमीक्षा गर्न जरुरी छ। कहाँ कहाँ त्रुटी भयो खोजौँ म पनि समीक्षा गर्छु’ उनले भने, ‘प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ मानिस काठमाडौंमा आए। उनीहरु संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने काममा लागेका थिए। तर हामीले मर्न समेत तयार भएर व्यवस्था जोगाउन सफल भयौँ।’
उनले एमाले एकताबाट केपी शर्मा ओलीदेखि आफूले ज्ञान पाएको दोहोर्याए। ‘ओलीसँगको एकताले ज्ञान पाएँ। देशका लागि लाभदायी हुन सक्छ। केपीसँग ज्ञानले सबैलाई फाइदा हुन्छु’ उनले भने, ‘समय आयो भने ज्ञान साटासाट गर्नेछु। अब सबै ज्ञान जोडेपछि हामी कसो महान ज्ञानी नबनिएला ! यसलाई मैले आत्मालोचना गरेको हो भनेर पनि बुझ्नु होला।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !
‘तोकिएको समयमा निर्वाचन हुनुपर्छ’: ‘प्रचण्ड’
अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजित बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
‘असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ’: प्रचण्ड
‘जेन जी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन्’-: प्रचण्ड