कोरोना अपडेट : थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्‍यु

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, १६ : ५७
कोरोना अपडेट : थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८ सय ९८ जना र ३ हजार २ सय ५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।