काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थितिले साथ नदिएका कारण आफूले कलाकारिता क्षेत्रमा लाग्न नपाएको बताएका छन ।जमलस्थित राष्ट्रिय नाचघरमा भएको काँठे लोक दोहोरी अवार्डमा सम्बोधन गर्दै उनले गीत, संगीत, संस्कृति र खेल भनेपछि आफू लठ्ठै पर्ने बानी भएको बताए ।
‘मेरो बानी कस्तो हो भने, गीत, संगीत, संस्कृति र खेल भनेपछि लठ्ठै पर्ने बानी मेरो पनि छ,’ उनले भने , ‘जयनन्द लामा, कृष्ण कँडेल र अरु साथीहरुजस्तै बडा भावुक छु, सानोमा गीतसंगीत र नाचगानर्फ आफूलाई लाने बारेमा पनि सोचेको थिएँ, इच्छा भएर पनि परिस्थितिले साथ दिएन, नत्र म पनि कलाकारै हुथ्येँ जस्तो लाग्छ ।’
कला, संस्कृति र खेल क्षेत्र राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने विधा भएको अध्यक्ष दाहालले बताए। कलाकारहरू सम्मानित भएको देख्दा आफूलाई कता–कता इर्ष्या पनि लाग्ने पनि उनले बताए। राजनीतिक कार्यक्रमहरु निरस हुने बताउँदै उनले आजकल घोचपेच र गालीगलौज पनि हुन थालेको स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असोज २०७८, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड