काठमाडौं । उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो ।
केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ ।
उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो परीक्षणले अस्थिरता र असुरक्षाको आशंका बढाएको बताएका छन् ।
उत्तर कोरियाले भने आत्मरक्षाको लागि हतियारको आवश्यकता पर्ने बताएको छ । उसले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप पनि लगाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको परीक्षणले कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले हतियार निर्माणको कार्य नरोकेको देखिएको छ ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले यो नयाँ एन्टि–एयरक्राफ्ट मिसाइलले निकै राम्रो युद्ध क्षमता प्रदर्शन गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ असोज २०७८, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया