काठमाडौं । एमाले सांसदहरुको अवरोधका बीच संसदमा महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन २०७८ पेश गरेका हुन्।
बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध गरेका थिए। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कामकारवाही अघि बढाउन सहयोग गरिदिन आग्रह गरेका थिए। तर पनि एमाले सांसदहरुले अवरोध जारी राखे। त्यसपछि भने एमालेलाई पेलेरै सभामुखले संसदको कामकारवाही अघि बढाए।
सभामुख सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाएका थिए। अब अर्को बैठक आगामी मंगलबार दिउँसो १ बजे बस्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड
संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
संसदमा अभिव्यक्तिमाथि विवाद, रेकर्ड हटाउन माग
संसद पुनर्स्थापनाको माग लिएर तीन दल पूरक रिट दर्ताको तयारीमा
यस्तो छ संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन (पुर्णपाठ)
आज सङ्घीय संसद्को दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची