अवरोधका बीच महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १३ : ३८
अवरोधका बीच महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश

काठमाडौं । एमाले सांसदहरुको अवरोधका बीच संसदमा महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन २०७८ पेश गरेका हुन्।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध गरेका थिए। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कामकारवाही अघि बढाउन सहयोग गरिदिन आग्रह गरेका थिए। तर पनि एमाले सांसदहरुले अवरोध जारी राखे। त्यसपछि भने एमालेलाई पेलेरै सभामुखले संसदको कामकारवाही अघि बढाए।

सभामुख सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाएका थिए। अब अर्को बैठक आगामी मंगलबार दिउँसो १ बजे बस्नेछ।