काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको गठबन्धन सरकारले माओवादी युद्धमा मृत्युवरण गरेकाहरुलाई चाँडै राष्ट्रिय सहिद घोषणा गर्न लागेको बताएका छन् ।
सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने , जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको जानकारी छ ।
सरकारको हालै जारी साझा न्यूनतम कार्यक्रममा पहिलोपटक राज्यको तर्फबाट जनयुद्धका सहिद, बेपत्ता र घाइतेलाई उपचार र राहत दिने विषयलाई दस्तावेजीकरण गरिएको भन्दै उनले सन्तोष व्यक्त गरे ।
उनले सहिद, बेपत्ता, घाइते तथा अपांगका सन्दर्भमा राज्यको तर्फबाट जति हुनुपर्ने त्यति हुन नसकेको बताए । माओवादी क्रान्ति पूर्ण नभएकाले यो अवस्था आएको उनको भनाइ छ ।
‘म प्रधानमन्त्री बन्दा क्याबिनेटको पहिलो निर्णय नै जनयुद्धका महान सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने भन्ने थियो । तर, त्यतिबेला बडो जालझेलपूर्वक त्यो निर्णयको प्रतिलिपि नै गायब पारियो । कसले गर्यो ठूलो अनुसन्धानको विषय छ । राजपत्रमा प्रकाशित नभएकाले त्यसलाई आधिकारिक भन्न गाह्रो भयो । तर अब छिट्टै गठवन्धन सरकारमार्फत राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रियामा सफलता प्राप्त गर्दैछौं’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड