काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा सुधारको लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् ।
उत्तर कोरियाको संसद्को वार्षिक सत्रमा बोल्दै किम जोङ उनले यस्तो बताएका हुन् । यसअघि उत्तर कोरियाले गत अगष्टमा अमेरिकासँगको दक्षिण कोरियाको सैन्य अभ्यासको कारण देखाउँदै हटलाइन सेवा बन्द गरेको थियो ।
संसद्मा बोल्दै उनले अमेरिकाले उत्तर कोरियाप्रति ‘शत्रुतापूर्ण नीति’ नबदलेको आरोप लगाएका छन् । उनले उक्त नीति परिवर्तन नगरी वार्ताको प्रस्ताव गरिएको उल्लेख गरेका छन् ।
उत्तर कोरियाको केसीएनएले किम जोङ उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिका राजनीतिक समन्वयको कुरा गरिरहेको छ तर यो अन्तर्राष्ट्रिय समुदायलाई धोका दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने चाल हो । यो अमेरिकी प्रशासनद्वारा लगातार अपनाउँदै आएको शत्रुतापूर्ण नीतिकै विस्तार हो ।’
यद्यपि किम जोङ उनले दक्षिण कोरियासँग भने शान्तिको सशर्त प्रस्ताव गरेका छन् । समाचारमा बताइएअनुसार उनले अक्टोबरअगाडि नै हटलाइन सेवा सुरु गर्ने इच्छा व्यक्त गरेका छन् । तर, अब यो दक्षिण कोरियाले यस विषयमा देखाउने व्यवहारमा निर्भर गर्नेछ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ असोज २०७८, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा