बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, ०९ : २६
बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या

एजेन्सी । बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ ।  म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चार–पाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहलाई गोली हानेका थिए।

समाचार संस्था एपएफपीका अनुसार क्याम्पमा रहेको आफ्नो अफिसबाहिर अरू शरणार्थी  नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको थियो। कक्स बजारका प्रहरी प्रवक्ता राफिकल इस्लामले अस्पताल पुर्‍याउँदा उनलाई डाक्टरले मृत घोषणा गरेको बताए।

सन् २०१७ मा म्यानमार सरकारले राखिने प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंग्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा  शरण लिएका थिए। बंगलादेशमा अहिले रोहिंग्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन्।

उल्लाहले रोहिंग्या शरणार्थीको हकहितमा काम गर्न आराकान रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स भन्ने संस्था खोलेका थिए। म्यानमारमा रोहिंग्यामाथि भएको सैन्य दमनविरूद्ध आवाज उठाउन र बंगलादेशमा शरणार्थीहरूको अधिकारका लागि उनको संस्थाले काम गर्थ्यो।
 

प्रतिक्रिया दिनुहोस