काठमाडौं । एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।
त्यस्तै उनीहरुले महँगी नियनत्रण गर, भष्ट्राचारीलाई कारवाही गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग