आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपाका नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रणमा

मंगलबार, १९ मंसिर २०७४, १५ : २३
आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपाका नेता तथा कार्यकर्ता प्रहरीको नियन्त्रणमा

मौन अवधीमा निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै राप्रपा संस्थापनका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर ११ वरपिपल चोकमा राप्रपा संस्थापनका सिताराम छतकुलीको घरमा करिव २५/३० जनाको महिला भेला गरेको सुचना को आधारमा प्रहरी पुग्दा भागेका उनीहरुलाई भरतपुर १० सिनर्जी चोकसम्म पिछा गरेर प्रहरीले पक्रन सफल भएको हो ।

प्रहरीले राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे, भरतपुर ११ का रप्रपा वडा अध्यक्ष जगदिश अधिकारीलाई पक्राउ गरी थप अनुषन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे संवाद मञ्च चितवनका संयोजक समेत हुन् । भेलामा नेपाली कांग्रेसका निर्मल पौडेल समेत रहेको भरतपुर ११ का वामगठवन्धन निर्वाचन परिचालन समिती संयोजक प्रकाश आचार्यले जानकारी दिएकाछन् ।

आचारसंहता विपरित भेला गराएर अविर,टिका खादा लगाइरहेको अवस्थामा उनीहरुलाई फेला पारेको आचार्यले बताए । उनीहरुले नेपाली कांग्रेसको समर्थनमा मतदातालाई प्रभावित पार्ने कार्य गरेको आशंकामा प्रहरीलाई खबर गरेको र प्रहरी देखेर अतालिंदै भागेको हुंदा शंकाको दायरा बढेको उनले बताए । मौन अवधीमा भेला गराई मतदातालाई रकम समेत बांडेको हुन सक्ने आशंका छ , उनले भने “ नत्र किन भागाभाग गर्नुपथ्र्यो ” ?

मौन अवधीमा निर्वाचन आचारसंहिता अन्र्तगत भेला गर्न, सभा गर्न,पार्टी प्रवेश तथा अविर टिका लगाएर मतदाता प्रभावित गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको छ । आचारसंहिता विपरित कार्य गरेको प्रमाणि भए निर्वाचन आयोगले एक लाख रुपैंया जरिवाना देखि उमेदवारको उमेदवारी रद्ध गराउन सक्ने प्रावधान रहेको छ ।(कायाकैरनबाट साभार)

 

प्रतिक्रिया दिनुहोस