एजेन्सी । उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो ।
उत्तर कोरियाले मंगलबार सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो । तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस क्रममा उत्तर कोरियाली सरकारले उक्त क्षेप्यास्त्र हालसालै मात्र बनाएको जानकारी सो समाचार समितिले बुधबार दिएको हो ।
समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो । सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ ।
हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्पे्रषण गरेका थिए । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको थियो ।
जापानले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको र उक्त क्षेप्यास्त्र आफ्नो देशको सीमा भित्रको समुन्द्रमा खसेको बताएको थियो । सो क्षेप्यास्त्र जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा खसेको अनुमान गरिएको थियो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ असोज २०७८, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाको चेतावनीः अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले ‘महँगो मूल्य’ चुकाउनु पर्छ
उत्तर कोरियाले योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेपछि...
उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा
नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय