निजामती कर्मचारीको अभिलेख अद्यावधिक हुँदै

पत्रपत्रिकाबाट

बुधबार, १३ असोज २०७८, ०७ : ४४
निजामती कर्मचारीको अभिलेख अद्यावधिक हुँदै

काठमाडौं । निजामती कर्मचारीको अभिलेख राख्ने जिम्मा पाएको राष्ट्रिय निजामती किताबखाना (निजामती) ले वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्य शुरू गरेको छ ।

किताबखानाले कर्मचारीको विवरण अद्यावधिक गर्ने कार्यलाई अभियानकै रूपमा शुरु गरेर मंसिरभित्र काम सक्ने लक्ष्य राखेको छ । अद्यावधिक गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम शुरु गरेको किताबखानाले असोजको पहिलो सातासम्म २ सय १३ जना कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ । अद्यावधिक गर्न पाँच जना कर्मचारी खटिइएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस