नेप्सेमा लगातार तेस्रो दिन पनि पहिरो, ५ अर्ब ७४ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १५ : २१
नेप्सेमा लगातार तेस्रो दिन पनि पहिरो, ५ अर्ब ७४ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ।

आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो।

आज २.६१ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय १५.४० विन्दुमा ओर्लिएको हो।

आज १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

यस्तै आज पनि सबै समूह घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४३१.९१ अंकले घटेको छ।

प्रतिक्रिया दिनुहोस