काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जग बलियो भएमात्रै घर बलियो हुने भन्दै पार्टीको स्थानीय तहको अधिवेशनबाट काबिल नेतृत्व चुनिने विश्वास व्यक्त गरेका छन् ।
६० भन्दा बढी जिल्लामा पालिका अधिवेशन भइरहेको सन्दर्भमा सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै नेता थापाले स्थानीय तहको नेतृत्व सक्षम भएमात्रै कांग्रेस बलियो हुने बताएका हुन् । ‘जग बलियो भयो भने मात्रै घर बलियो बन्नसक्छ, जरा बलियो भयो भने मात्रै कांग्रेसको रुख सिंगो देशको छहारी बन्नसक्छ’ थापाले भनेका छन् । उनले पालिका अधिवेशनबाट स्थानीय तहको विकास , संगठनको सबलीकरणसंगै पार्टी पुननिर्माणको लागि काबिल नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।
देश संघीयतामा गइसकेपछि कांग्रेसको पहिलो स्थानीय तह अधिवेशन प्रारम्भ भएको भन्दै थापाले स्थानीय तह पार्टी र जनतासंगको पहिलो संवाद विन्दु रहेको उल्लेख समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी
अमरेशकुमारसँग साढे छ हजार मतले पछाडि गगन थापा
सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि
कांग्रेस सभापति गगन थापाले गरे मतदान