काठमाडौं । नेपाली कांग्रेसको सातौं पटक परिमार्जित कार्यतालिका अनुसार आज (९ असोज) पालिका अधिवेशनको मिति हो । पालिका अधिवेशनको दिनसम्म १३ वटा जिल्लाको भने क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन ।
हालका उपसभापति, महामन्त्रीसहित १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका नताहरूको जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा वडा अधिवेशन नै अनिश्चित बनेको हो । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विवादकै बीच (एक वडाबाहेक) वडा अधिवेशन सम्पन्न भइ आज पालिका अधिवेशन सुरु हुँदैछ ।
जिल्ला सभापति कर्ण मल्ल पक्षधरले पार्टी कार्यालयमा आमरण अनशन सुरु गरेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेको बेला अधिवेशन सुरु गरेको भन्दै मल्ल पक्षले सुरुदेखि नै विरोध जनाउँदै आएको छ । देउवा र उनको श्रीमती आरजुले चुनाव लडेको कैलालीमा पनि सदस्यता विवाद टुंगोमा पुगेको छैन ।
उपसभापति एवं आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिको जिल्ला धनुषामा मात्रै हैन उनको सिंगो प्रदेश १ का ८ वटा कुनै पनि जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङको जिल्ला पनि प्रदेश २ कै महोत्तरी हो । नेताहरूले केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेको लामो समय भइसक्यो तर आफ्नै जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा वडा अधिवेशन अनिश्चित बनेको छ ।
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतमा पनि सदस्यताको किचलो बाँकी नै छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, मोहतरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा सदस्यता विवाद टुंगिएको छैन ।
क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले ३ असोज धनुषा, कैलालीलगायतका जिल्लामा १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरूबाटै अधिवेशन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।
कार्यदलका संयोजक पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र सदस्य रमेश लेखक पालिका अधिवेशनका लागि गृहजिल्ला गएकाले यसबीचमा सदस्यता विवाद टुंग्याउन खासै काम भएको छैन । कार्यदलका अर्का सदस्य डा.मीनेन्द्र रिजालले सिटौला र लेखक आजै काठमाडौं फर्किने र भोलिबाट काम सुरु हुने बताए ।
निर्वाचन समितिका अनुसार कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन १६ असोजका लागि तय गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लाको अधिवेशन भने पूर्व निर्धारित मितिमै गर्ने निर्णय गरेको छ । २१ हिमाली जिल्लामध्ये रसुवा र डोल्पाको भने क्रियाशील सदस्यता टुंगो नलाग्दा वडा अधिवेशन नै हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०९ असोज २०७८, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल