काठमाडौँ । नेपाली काँग्रेसको आसन्न चौधौं महाविवेशनमा सभापतिको आकांक्षी देखिएका तीन नेताबीच शुक्रबार भेटवार्ता भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो ।
भेटमा तीन नेताबीच छलफललाई निरन्तरता दिने र सभापति पदका आकाँक्षी अन्य नेताहरुसंग पनि सहमतिमा नेतृत्व चयनका विषयमा छलफल गर्ने सहमति भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
यस्तै महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरुलाई मध्यनजर गरेर निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आआफ्नो ठाउँबाट भुमिका खेल्ने सहमति समेत भएको छ ।
यस्तै सरकारलाई चाँडो पूर्णता दिँदै गठबन्धन सरकारलाई जनउत्तदायी भएर काम गर्न आग्रह समेत तीन नेताले गरेका छन् । यस्तै उनीहरुले सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएको लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस