काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौँमा हुने भएको छ ।
वाग्मती प्रदेशका सबै तहमा कसरी सङ्गठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सह इञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिए ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव सङ्कलन गरिनेछ । कमिटीलाई सशक्त बनाउन कार्य विभाजनका साथै नेतालाई जिम्मेवारी दिइनेछ ।
बैठकमा उक्त प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यलगायत २०० जनाको सहभागिता हुनेछ । स्थानीय तहमा जनताका समस्यालाई केन्द्रमा राखेर समाधान गर्न नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिइनेछ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साङ्गठानिक विस्तार तथा राजनीतिक अभियान यही असोज ९ गते सञ्चालन गरिन लागेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०८ असोज २०७८, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिना विभागीय मन्त्रीको शपथ लिएकी लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी
कोशीको मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन राजेन्द्र राईको सुझाव
कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति असम्भव : झलनाथ खनाल
मधेशमा माओवादीका २ र एकीकृत समाजवादीका १ जना मन्त्री बन्दै
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक शुरू
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक