काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज र भोलि बस्दैछ । आज सुरु हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
बैठकमा पार्टीको विधान महाधिवेशनका लागि स्थायी कमिटीले पारित गरेका तीनवटा प्रतिवेदनमाथि छलफल हुने एमालेले जनाएको छ। बैठकले ती प्रतिवेदन पारित गर्ने स्थायी समितिको निर्णय अनुमोदनसमेत गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेको विधान महाधिवेशन यहीं असोज १५, १६ र १७ गते काठमाडौंको गोदावरीमा हुँदैछ। त्यसको लागि पार्टी स्थायी कमिटीले राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने