काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज र भोलि बस्दैछ । आज सुरु हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
बैठकमा पार्टीको विधान महाधिवेशनका लागि स्थायी कमिटीले पारित गरेका तीनवटा प्रतिवेदनमाथि छलफल हुने एमालेले जनाएको छ। बैठकले ती प्रतिवेदन पारित गर्ने स्थायी समितिको निर्णय अनुमोदनसमेत गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेको विधान महाधिवेशन यहीं असोज १५, १६ र १७ गते काठमाडौंको गोदावरीमा हुँदैछ। त्यसको लागि पार्टी स्थायी कमिटीले राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)