नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन, महासचिवमा डा बेदुराम, सचिवमा चार जना  (सुचीसहित)

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १६ : ०३
नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन, महासचिवमा डा बेदुराम, सचिवमा चार जना  (सुचीसहित)

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका छन् ।

त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहेका छन् । महासचिवमा डा।बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर, डा विजय पौडेल छन् । त्यसैगरी चार जनाले सचिवको जिम्मेवारी पाएका छन् । जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस