काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी हेरफेर गरेको छ । पार्टीमा पदाधिकारी चयन गर्दा विवाद चुलिएपछि पुनः पदाधिकारी हेरफेर गरिएको छ ।पदाधिकारी हेरफेर गरिएसँगै उपाध्यक्षको संख्या ६ जना र एक जना सचिव थप गरिएको छ ।
यसअघि चयन गरिउको केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव रहेका थिए ।
पार्टी पंक्तिमा विवाद चुलिएपछि सचिवमा प्रतावित केशवलाल श्रेष्ठ उपाध्यक्ष र घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै, सचिवमा राजेन्द्र राई थपिएका छन् ।अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् । पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण