स्वदेश फर्कियो राष्ट्रिय महिला फुटबल टोली

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १३ : ४२
स्वदेश फर्कियो राष्ट्रिय महिला फुटबल टोली

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन् ।

बिहीबार बिहान स्वदेश फर्किएका टोलीलाई अखिल अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारीले स्वागत गरे । छनोटका लागि समूह ‘एफ’मा परेको नेपाल नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस