काठमाडौं । एमालेबाट छुट्टिएर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी र जीवन राई अध्यक्ष रहेका नेकपा एकीकृतबीच एकीकरणको प्रस्ताव अघि बढेको छ । समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष जीवन राईसमक्ष पार्टी एकताको प्रस्ताव राखिसकेका छन् ।
एमाले विवादको बेला माधव नेपाल समूहमा रहेका राईले त्यसबेला नेपालसहितका नेताहरुकै सल्लाहमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका थिए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि पार्टीको राजनीतिमा लागेका उनी माधव नेपाल निकट मानिन्छन् । नेकपा एकीकृतको चुनाव चिन्ह कलम छ । नेकपा एसले चुनाव चिह्न कलमसहित जीवन राईसँग एकीकरण गर्न प्रस्ताव गरेको छ ।
नेकपा एसको जारी केन्द्रीय कमिटी बैठमा पार्टीको नाम समेत परिवर्तन गर्ने विषय उठेको छ । नेकपा एकीकृत समाजवादी अप्ठेरो हुने भन्दै एकीकृतमात्र राख्ने र जीवन राईलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिनेबारे समेत नेताहरुबीच छलफल चलेको स्रोतले जनाएको छ । नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी केन्द्रीय कमिटी बैठकमा चुनाव चिन्हकाम विभिन्न विकल्पहरु प्रस्तुत भएको बताए । पार्टीको नामका बारेमा पनि कुराहरु आएको तर कुनै निर्णय नभएको उनको भनाइ छ ।
यता नेकपा एकीकृतका अध्यक्ष जीवन राईले भने आफू समक्ष पार्टी एकीकरणका लागि औपचारिक प्रस्ताव नआएको बताए । अनौपचारिक रुपमा आफू पनि हिजो एमालेमै रहेको र अहिले दुवै पक्षमा नरहे पनि माधव नेपाल निकट भएकाले विभिन्न ढंगले कुरा हुनु स्वभाविक रहेको बताए ।
राईले भने–माधव कमरेडसँग कुरा भएको छैन । अहिले म एमालेमा पनि छैन,नेकपा एकीकृत समाजवादीमा पनि छैन ।
स्रोतका अनुसार जीवन राईले नेकपा एसमा केन्द्रीय सदस्यको सुनिश्चितता खोजेका छन् । राईलाई केन्द्रीय सदस्य बनाउन नेताहरु पनि सकारात्मक छन् । संखुवासभा घर भएका राई विद्यार्थी आन्दोलनबाट स्थापित जुझारु नेता हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस
माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु
विशेष अदालतमा माधव नेपालको बयान सुरु