काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ ।
सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो ।
गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्तार ढिलो हुँदा आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दललाई मन्त्रीको सूची दिन भनेका थिए ।
तर, गठबन्धन आबद्धमध्येकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अदालतमा दल विभाजनसम्बन्धी मुद्दा रहेकाले टुंगो लागेपछि मात्रै नाम दिने बताएका हुन् ।
यस्तै गठबन्धन आबद्ध अर्को घटक जनता समाजवादी पार्टीले भने राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएको हो ।
‘बैठकमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षले सरकार विस्तार गर्न ढिला भएको भन्दै गठबन्धन आबद्ध दलसँग मन्त्रीको सूची माग्नुभयो तर माधवजी र उपेन्द्रजीहरूको विचार अलि फरक आयो, माधवजीको भनाइ अदालतको मुद्दा टुंगिएपछि गरौं भन्ने छ, उपेन्द्रजीलाई दल विभाजन अध्यादेशको डर छ,’ बैठकमा सहभागी गठबन्धन आबद्ध दलका एक नेताले भने । देउवा प्रधानमन्त्री बनेको बुधबार ७२ दिन पूरा भएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०७ असोज २०७८, ०६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
मन्त्रिपरिषद् बैठक बस्दै, नवनियुक्त राज्यमन्त्रीको पनि शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै